Sunday, July 31, 2016

प्रिय हुम्ला ! कहिले खुल्छ तिमीमाथिको नाकाबन्दी ? By_वसन्ती शाही

प्रिय हुम्ला ! कहिले खुल्छ तिमीमाथिको नाकाबन्दी ?
डियर हुम्ला, दुईचार महिना देश नाकाबन्दीमा पर्दा सिंगो नेपाल छट्पटाएको मैले देखेँ । पकाउने ग्यास नपाएर मानिस भोकभोकै सुतेको देखेँ । तेल नपाएर बाटोमा गाडी गुड्न बन्द भएको देखेँ र देखेँ यातायात व्यवसायीहरू रातारात धनी भएको पनि । पानीको अभाव, तेलको अभाव, दाल–चामल तथा अन्य खाद्यान्नको चरम अभाव र हुँदाहुँदा त काम गर्ने मान्छेहरूको पनि अभावै अभाव मैले देखेँ । मुलुक त्राहीत्राही थियो त्यतिवेला । मानिसलाई गन्तव्यमा पुग्न र फर्कनसमेत गाह्रो थियो । जमिनमा परेको माछा जस्तै छट्पटाएको थियो सिंगो मुलुक । तर, तिमी त रत्ति पनि डगमगाएनौ । म तिमीलाई नजिकैबाट नियालिरहेकी थिएँ र पनि तिम्रो मुहारमा कुनै किसिमको व्यग्रता देखिँदैनथ्यो । तिमी आफ्नै रफ्तारमा लेकबेसी गरिरह्यौ । तिमी गाईवस्तु चराइरह्यौ । तिमी भोट र अछाम गरिरह्यौ । तिमी आफ्ना सेता हिमाल हेरेर मुस्कुराइरह्यौ । तिम्रो शालीनता देखेर म धेरै गौरवान्वित छु र तिमै्र अंगीकृत नागरिक पनि भएकाले होला तिम्रो सुन्दरता र शालीनता मलाई औधि प्यारो लाग्छ । तर, तिमीलाई त्यो नाकाबन्दीको असर रत्ति पनि परेन । किनभने तिमीलाई त सधैँभरि नाकाबन्दी नै नाकाबन्दी छ प्रिय । तिमीले यी बिलासिता तथा आधुनिक उपकरण सबथोकको अभावमा जिउने कला सिकिसकेका छौ । तिमी त ठूला कहालीलाग्दा सेताम्मे हिमाल तथा भिरपाखाहरूले घेरिएका छौ । ठूला पार गर्न नसकिने नदीनालाको लक्ष्मणरेखाभित्र कैद गरिएका छौ । पैसा लिएर पर्यटकलाई देखाउने झरना सित्तैमा झारिरहेका छौ । तिमीलाई गाडी चढेर कुनै नौलो सहर जानु छैन । तिमीलाई ग्यास चुलोमा भात पकाउनु पर्दैन ।
तिमीले विषादी मिसाएर रंगीबिरंगी सजाइएका चिजबिज खानु छैन । तिमीले सिनेमा हेर्न जानु पर्दैन र पर्दैन कुनै ठूला विश्वविद्यालयमा डिग्री लिन पनि । अनि तिमीलाई त औषधिमुलो गर्न ठूला अस्पताल पनि चाहिँदैनन् । बिरामी जाँच्नका लागि मात्र स्वास्थ्य चौकीका ग्रामीण स्वास्थ्य कार्यकर्ता र पियन नै काफी छन् । तिनैले तिम्रो राम्रो ख्याल गरेका छन् । बरु यता त छ्याप्छ्याप्ती नक्कली प्रमाणपत्रधारी डाक्टरसाब मात्र हुँदा रहेछन् । रक्तअल्पता र अन्य कुनै कारणले बच्चा जन्माउन नसकी तिम्रा महिला छट्पटाएर मरे भने पनि तिमीलाई फरक पर्दैन किनभने तिमीसँग यार्सागुम्बा फल्ने माटोको बास्ना काफी छ । तिमीलाई पाँचऔँले, जटामासी, गुच्ची च्याउ, चिराइँतो, कटुकीजस्ता अनमोल जडीबुटीको उत्पत्ति गराउने माटोको बास्ना नै काफी छ । यहीँको जंगली माटोबाट निस्केको पानी नै तिम्रा लागि जीवनबुटी भएको छ र तिमीलाई सित्तैंमा जीवनदान गरिरहेको छ । तिमी भगवान् भरोसामा बच्चा जन्माउँछौ । तिनीहरूको लालनपालन र शिक्षा स्वास्थ्य भगवान्लाई सुम्पिन्छौ । त्यसैले किन पर्छ त तिमीलाई नाकाबन्दीको असर ? तिम्रो जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदलाई भने औधि नाकाबन्दीको पीडा छ । उनी जहिले पनि मसानघाटजस्तो सदनमा घाटकुरुवा जस्तो भएर पर्खिरहेका हुन्छन् । कति वेला मेरो बोल्ने पालो आउला र तिम्रो आजीवन नाकाबन्दीको पीडा सुनाउँला भनेर । कहिलेकाहीँ त कुर्सी मात्रै बाँकी रहँदा उनको बोल्ने पालो आउँछ र तिम्रा पीडा पोख्छन् । तिमीलाई थाहा छ ? उनको बोल्ने पालो कहिले आउँछ त्यहाँ ? उनका कुराको सुनवाइ त्यहाँ हुन्छ या हँुदैन ? सायद यो सधैँको नाकाबन्दी भएको भूभागको सांसद हो, यसलाई यहाँ पनि नाकाबन्दी नै लगाउनुपर्छ भन्ने ध्येयले त्यहाँ उनको सुनुवाइ त्यतिसारो हुँदैन, भलै राम्रै कुरा लिएर आएको किन नहोस् । तर, यो त अभाव भएको दुर्गम भूभागको सांसद केही न केही माग्नै आयो होला भनेर पर देख्दै मुन्टो बटार्ने काम हुन्छ त्यहाँ । उनीहरूलाई के थाहा हुम्लाबाट सिंहदरबार दुर्गम छ भनेर । तिमीलाई थाहा छ डियर ? तिम्रो सिँगान आएको नाक, झिँगाले छेरेको गाला, आठ ठाउँमा टालेको कपडा, खाद्य गोदामको लाइन बसेको तिम्रो शरीर, पिठ्युँमा भारी बोकेको डोको, तुइनमा झुन्डिएर नदी पार गरेको देह, तिम्रा महिलाले हलो जोतेको अनौठो दृश्य, तिम्रा माटोले ढलान गरेका घर आदि आदिका तस्बिर विदेशी दातालाई देखाएर तिम्रो नाउँमा यहाँ ठूलो रकम भित्र्याइन्छ । कर्मठ र इमानदार तिमीलाई गरिबको बिल्ला भिराइन्छ । अनि तिम्रो नाउँमा ठूलो रकम ल्याइन्छ । के तिम्रो दुखेको घाउ निको पार्न त्यो पैसाले किनेको औषधि खाएका छौ ? के तिम्री छोरीलाई स्कुल पठाउन त्यो पैसाले लुगा किनिदिएका छौ ? के तिम्री महिला सुत्केरी व्यथाले मर्न लाग्दा त्यो पैसाले एक पिन्ट रगत किनेर उनको ज्यान जोगान सफल भएका छौ ? के तिम्रा छोराहरूका लागि कुनै नयाँ रोजगारी दिएर मुग्लान पस्नबाट रोकेको अवस्था छ ? के तिम्रो ठाउँमा पाइने अमूल्य जडीबुटीको राजस्व तिम्रो हातमा परेको छ ? के त्यो पैसाले तिम्रो सन्तानले विश्वविद्यालयको डिग्री तिम्रै काखमा बसेर लिएको छ ? के तिम्रा पसिनाको मूल्य चुकाउन त्यो पैसा काममा कतै आएको छ ? अहँ छैन । तिमी त सधँैको नाकाबन्दीमै छौ डियर, तिमीलाई त यसको कुनै पर्वाह नै छैन । तिम्रा लागि यसको कुनै औचित्य पनि छैन । जसले तिम्रो नाममा जतिसुकै रकम कुम्ल्याए पनि तिमी त फापरको रोटीसँग सिस्नाको फाँडो आधा पेट खान पाउँदा पनि मख्खै छौ । जंगलमा एक भारी सुकेको दाउदा पाउँरा पनि तिमी मख्खै छौ । जन्मिँदा तिमीले नाक खुम्च्याएकी छोरीले मुसलले चिनु कुटेर भात पकाई खान दिई भने पनि तिमी मख्खै छौ । आकाशमा उडेको हवाईजहाजलाई हेर्न पाउँदा पनि तिमी मख्खै छौ । धन्य तिम्रो शालीनता । धन्य तिम्रो सहनशीलता । मेरो प्यारो हुम्ला, तिमीलाई त्यो आकाशमा उडेको हवाईजहाज चढ्ने रहर लाग्दैन ? तिम्रो घरको अगाडिबाट चौँडा बाटोमा गाडी गुडेको हेर्न रहर छैन ? के तिम्रो बारीमा फलेको ताजा स्याउ र चुली सहरमा पुत्र्याएर पैसा कमाउन मन छैन । के तिमीलाई खरानीले नभएर साबुनले धोएको सुकिलो लुगा लगाउने इच्छा हुँदैन ? के माटोले ढलान गरेको घरमा टिनले छाना छाउने रहर छैन ? के तिम्रो छोरा तिम्रै घरको फापर–कोदो खाएर उच्चशिक्षा हासिल गरेको हेर्ने रहर छैन ? के तिमीलाई सधैँ सल्लाको कालो ध्वाँसो आउँने दाउराबाहेक ग्यास चुलो बाल्ने इच्छा हुँदैन ? के तिमीलाई फापर र कोदोको रोटीबाहेक त्यसैको केक बनाएर खान मन लाग्दैन ? अपसोच ! तिमीलाई पनि यी सबै कुराको नयाँ–नयाँ प्रयोग गरी सुख साथ बसेर खाने रहर त हुँदो होला नि, हैन ? अकालमै श्रीमती गुमाएर एक्लै भांैतारिनुको पीडा त तिमीलाई पनि छ होला । तर, तिमीलाई थाहा छ, तिम्रो जिल्लामा बाहेक अरू सबैतिर पुरुषहरूको जनसंख्या थोरै छ तर तिमी त छोरा जन्माउने निहुँमा धेरै सन्तानको जन्म दिँदा कुपोषणले थलिएको ज्यान चालीस नकाट्दैकी श्रीमतीलाई माटोमा बिलीन हुन बाध्य गराउँछौ र पो त । खैर, जे भए पनि यो सधैँको स्थायी नाकाबन्दीलाई खोल्नैपर्छ । छिमेकी साथी डोल्पा पनि त नाकाबन्दीमै त छ नी भनेर मख्ख नपर, उसले त नाका खोल्ने तयारी गरिसकेको छ । तिमीमाथि लगाइएको नाकाबन्दी पो कहिले खुल्ने हो ? कहिले तिमीले यसका बारेमा पहल गर्ने हो ? कहिले मैले तिमीमाथिको नाकाबन्दी खुला भएको देख्न पाउने हो ? 

Thursday, July 28, 2016

विदेशमा कामदारलाई अप्ठेरो परे कसलाई, कहाँ सम्पर्क गर्ने ?

Contact no for worker
वैदेशिक रोजगारीमा जाने धेरै नेपाली कामदारहरु गन्तव्य मुलुकमा गएर समस्या भोग्नु वा अलपत्र पर्नु सामान्य जस्तै भइसकेको छ । पछिल्लो समयमा विदेशमा अनेक कारण दुःख भोग्ने र अलपत्र पर्ने नेपालीको संख्या बढ्दो छ ।
म्यानपावर र दलालहरुले नक्कली भिसामा लगेर छोड्नेदेखि आश्वासन भन्दा फरक र जोखिमयुक्त प्रकृतिको काममा लगाएका कारण धेरै नेपालीहरु विदेशमा समस्यामा पर्ने गरेका छन् । काम छोड्ने, काम गर्न नसक्ने लगायत रोजगारदाताले यातना दिएका कारण कारण अलपत्र पर्नेहरु पनि उल्लेख्य छन् ।
विदेश गएर अलपत्र परेपछि धेरैलाई छैन, कहाँ गएर सम्पर्क गर्ने ? परिवारलाई भन्दा घरपरिवारमा तनाव उत्पन्न हुने डरले युवाहरु एक्लै समस्या समाधानका लागि प्रयास गर्ने तर सफल नहुने गरेका उदाहरण प्रशस्तै छन् । यसरी विदेशमा दुःख पाउँदा नेपाल वा विदशेमै पनि कोसँग सहयोग माग्न सकिन्छ भन्नेमा अधिकांश कामदारहरु बेखबर छन् ।
दूतावास र श्रम सहचारी
यस्तो अवस्था आफ्ना सहकर्मी र आफन्तको सहयोगमा सम्बन्धित देशमा रहेका नेपाली कूटनीतिक नियोगमा सम्पर्क गर्नु सबैभन्दा बुद्धिमत्तापूर्ण हुन्छ । यसका लागि कामदारले आफू गएको देशको दूतावास र त्यहाँका अधिकारीको सम्पर्क नम्बर साथमा राख्नु आवश्यक हुन्छ । विदेश जानुअघि नै यसका लाग तयारी गरेमा कसैले पनि धेरै दुख भोग्नुपर्दैन ।
सरकारले विभिन्न देशमा आफ्ना कूटनीतिक नियोगहरुलाई आफ्ना नागरिकको हितका लागि काम गर्न जिम्मेवारी दिएको छ । श्रम गन्तव्य मुलुकमा नेपाली कामदार अलपत्र पर्ने घट्ना बढ्दै गएपछि धेरै कामदार भएको देशमा सरकारले श्रम सहचारीसमेत नियुक्त गरेको छ । केही नियोगहरुमा अलपत्र महिला कामदारलाई राख्न ‘सेफ हाउस’ को पनि स्थापना गरिएको छ । विदेशमा कुनै पनिखालका समस्या आइपरे सम्बन्धित देशमा रहेको नेपाली दूतावासमा खबर गर्न श्रम तथा रोजगार मन्त्रालयले कामदारलाई आग्रह गरेको छ ।
‘वैदेशिक रोजगारीमा गएका कामदारको समस्या समाधान गर्नका लागि श्रम सहचरीको व्यवस्था गरेका छौं’ मन्त्रालयका सहायक प्रवक्ता शिवराम सेढाँईले अनलाइनखबरसँग भने, ‘अलपत्र कामदारको उद्धारका लागि उनीहरुले पहल गर्छन्, त्यसैले उनीहरुलाई सम्पर्क गर्दा कामदारलाई घर फिर्तीका लागि सहज हुनेछ ।’
रोजागारदाता कम्पनीले सम्झौता पत्रमा उल्लेख भएअनुसारको पारिश्रमिक  नदिएर या कुनै पनि किसिमको यताना दिएमा त्यसको जानकारी पनि नेपाली दूतावासलाई दिन सकिन्छ ।
सरकारले कामदारका यस्ता समस्याहरु समाधान गर्न उनीहरुलाई जिम्मा दिएको छ । दूतावास र श्रम सहचारीहरुले सम्बन्धित मुलुकका आधिकारिक निकाय र रोजगारदातासँग पत्राचार र वार्ता गरेर यस्ता समस्या समाधान गर्न सक्छन् । यस्तै घर फर्किनुपर्ने अवस्था भएर त्यसका लागि दूूतावासले आवश्यक सहयोग र पहल गर्ने रोजगार मन्त्रालयले जनाएको छ ।
प्रहरीको हटलाइन
त्यस्तै नेपाल प्रहरीले पनि विदशेमा अलपत्र कामदारको गुनासो सुन्न १७१७ नम्बरको हटलाइन सञ्चालनमा ल्याएको छ ।
प्रहरीको हटलाइनमा मलेसिया र खाडीबाट मात्र नभएर युरोपियन मुलुकबाट पनि नेपाली युवाले उद्धार माग्दै फोन गरेका छन् । रसिया, पोर्चुगल, साइप्रस लगायतका देशमा पुगेका धेरै युवाले प्रहरीसँग उद्धारका लागि आग्रह गर्छन् ।
आकर्षक कमाइ र स्थायी बसोबासको प्रलोभनमा पारेर युरोप पुर्‍याइएका युवाहरु अहिले उद्धारको प्रतिक्षामा छन् । सम्झौताअनुसार काम र तलब नपाएका कारण पनि उनीहरु उद्धार चाहिरहेका छन् ।
नेपालीहरु धेरै जाने ओमान, कतार, कुवेत, साउदी, दुबई, मलेसिया लगायतबाट उद्धार माग्नेहरुको संख्या ठूलो छ । प्रहरीको यो हटलाइन सेवा २४ सै घन्टा खुला राख्ने गरिएको छ ।
वैदेशिक रोजगारीका नाममा बढेको मानव तथा महिला बेचबिखनलाई निरुत्साहित पार्न उजुरी सुन्ने व्यवस्था गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।
मन्त्रालयकी सह-सचिव आभा श्रेष्ठको नेतृत्वमा बनेको टीममा ५ जना महिला कर्मचारी सदस्य छन् । टिमले विदेशमा परेकाहरुको सूचना संकलन गर्नेछ भने उद्धारका लागि शीघ्र पहल पनि गर्नेछ । यसमा महिलालाई प्राथमिकतामा राखेर काम गरिँदैछ
रेपिड रेसपोन्स टीम
यसैगरी सरकारले विदेशमा अलपत्र कामदारको उद्धारका लागि छुट्टै सुनवाइ संयन्त्र पनि स्थापना गरेको छ । श्रम तथा रोजगार मन्त्रालयले कामदारको विदेश यात्रालाई सुरक्षित बनाउन भन्दै ‘यापिड रेस्पोन्स टिम’ स्थापना गरेको हो ।
टिमलाई अहिले विशेष गरेर महिला कामदारको उद्धार लाग्न जिम्मेवारी दिइएको छ । मन्त्रालयमै स्थापना गरिएको टीमले विदेशमा अलपत्र महिला कामदारको उद्धारका लागि तुरुन्त पहल गर्नेछ ।
मन्त्रालयकी सह-सचिव आभा श्रेष्ठको नेतृत्वमा बनेको टीममा ५ जना महिला कर्मचारी सदस्य छन् । टिमले विदेशमा परेकाहरुको सूचना संकलन गर्नेछ भने उद्धारका लागि शीघ्र पहल पनि गर्नेछ । यसमा महिलालाई प्राथमिकतामा राखेर काम गरिँदैछ ।
टिमलाई विदेशमा अलपत्र महिला कामदारको गुनासो सुन्ने र महिला विदेश जानुअघि नै कम्पनीको  वातावरण कस्तो छ भनेर बुझ्ने मुख्य जिम्मेवारी दिइएको छ ।
यो टिममा विदाको दिन बाहेक कार्यालय समयमा विदेशमा उद्धारको प्रतिक्षामा रहेका महिलाहरुले ९७७०१-४२११८८९ मा फोन गर्न सक्नेछन् । यस्तै यसको इमेल ठेगाना rrt@gmail.com मा पनि पीडितले सूचना गर्न सक्छन् 

Monday, July 25, 2016

#karnali #humla #kharpunath


सारीमा राम्री अशिष्मा

Ashisma Nakarmi (1)
Ashisma Nakarmi (8)
Ashisma Nakarmi (2)

नायिका संचिता लुइटेल मोटाइन्

sanchita luitel moti
sanchita luitel
sanchita luitel moti 2

तस्वीर, जसले झल्काउँछ रेखा फेरि ‘हट’ बन्दैछिन्

Rekha Thapa (10)
सारी, लामो पहिरन, कुर्ता सुरुवाल नायिका रेखा थापाका लागि प्रिय बनिसकेका थिए । स्कर्ट लगाएर चलचित्र क्षेत्रमा हंगामा मच्चाउँदै प्रवेश गरेकी रेखाले पहिरन परिवर्तन गरेकी थिइन् । आफूमा परिपक्कता आएको बताउँदै आएकी थिइन् ।
तर, समय बदलियो । रेखाको सोच फेरि फेरियो । हामीले यहाँ प्रस्तुत गरेका ३ तस्बिर हेर्ने हो भने रेखा फेरि छोटा पहिरनमा विश्वास गर्न थालेकी छिन् । यसको पनि आफ्नै कारण हुनसक्छ ।
रेखाले बाहिरी ब्यानरको चलचित्र खेल्नु, पहिरनमा फेरि शैली परिवर्तन गर्नुलाई सामान्य रुपमा मात्र हेर्न नमिल्ला ।  रेखालाई बेला-बेला अहिलेका चर्चित नायिकाहरुसँग तुलना पनि गरिन्छ । रेखाकै भाषामा अहिलेका नायिका (बहिनीहरु)सँग तुलना गर्दा उनी सन्तुष्ट छैनन् ।
रेखाले आफ्नो ब्यानरका मात्र चलचित्र खेल्दा, पहिरन र चर्चाको शैली परिवर्तन गर्दा अन्य नायिकाहरुको चर्चा धेरै भएको छ । सायद, रेखा आफूलाई चर्चित  नायिकाको रुपमा नै राख्न चाहन्छिन् । यसैले पनि होला, उनले बाहिरी ब्यानरका चलचित्र खेलेकी छिन् र पहिरन पनि फेरेकी छिन् ।

BOLD & BEAUTY SINGER INDIRA JOSHI

Indira Joshi (1)


Indira Joshi (2)
Indira Joshi (3)

‘म मस्तानी हुन चाहन्न, मलाई बिबाहित पुरुषको घर विगार्नु छैन’: प्रियंका कार्की

Priyanka Karki (1)
Add caption
Priyanka Karki (5)
Priyanka Karki (2)

The art of lokendra shahi #karnali #simikot #humla #kharpunath #kharpelgaun

kharpunath@gmail.com

humla








Saturday, July 16, 2016

#kharpunath #kharpalgaun #karnali #humla #nepal


के गर्दैछन् पारस नेपालमा ?

श्रावण १, २०७३- 
जेठ ३१ गते डोटी सिलगढीबाट खप्तडतर्फ उकालो चढ्ने क्रममा पूर्वयुवराज पारस शाह आफ्नो समूहसँग देशको चिन्ता गर्दै थिए । राष्ट्र र राष्ट्रियताको सवालमा मुलुकको युवाशक्ति अब सचेत हुनुपर्ने उनको तर्क थियो । पारस असार २ गते खप्तड प्रवेशद्वार झिग्राना पुगे । खप्तड बाबाको आश्रम दर्शन गर्ने अभिलाषा लिएर त्यहाँ पुगेका शाहले ५० वर्ष योग र ध्यानको सहारामा जीवन बिताउने क्रममा खप्तड बाबाले प्रयोग गरेका सामग्री एवं रचना गरेका पुस्तकहरू अवलोकन गरे । 

पारस १० दिन खप्तड बसेर काठमाडौं फर्किए । पछिल्लो समयमा बढ्दै गएको आध्यात्मिक मोहका कारण उनी त्यहाँ पुगेका थिए । खप्तड बसाइका क्रममा पारस अत्यन्त प्रसन्न देखिन्थे । त्यहाँ बस्दा उनले मेडिटेसन पनि गरे अनि खप्तड मन परेकाले फेरि समय मिलाएर आउने अभिव्यक्ति दिए । स्थानीय जनता पारस खप्तड आउने कुरा थाहा पाएर बाटोमा उनलाई हेर्न कुरेर बसेका थिए ।

पारस शाह त्यसअघि जेठको २८ गते पोखरा पुगेका थिए । बूढानीलकण्ठ स्कुल (१९८३–१९९० एडी) २०० बी ग्रान्ड गेट टुगेदर–२०१६ का लागि उनी त्यहाँ पुगेका हुन् । बूढानीलकण्ठमा सँगै अध्ययन गरेका सहपाठीहरू सामाजिक कार्यका लागि सहकार्य गर्ने उद्देश्यले फाउन्डेसनमार्फत अघि बढ्ने योजनासहित पोखरास्थित होटल जलमहलमा भेला भएका थिए । जलमहलका सञ्चालक दिनेश प्रसाईं पनि पारसकै ब्याचको विद्यार्थी भएकाले उनैले जलमहलमा उक्त भेला संयोजन गरेका थिए । 

जलमहलमा जेठ ३० गतेसम्म ३ दिन बसेर उनी खप्तडतर्फ लागे । जलमहलको भेलामा पूर्वयुवराज पारस एकदमै सरल हिसाबले प्रस्तुत भए । सबै साथीभाइ तथा उनीहरूका परिवारका साथ उनले छलफल एवं अन्तक्र्रिया गरे । ‘पारस शाहको जुन किसिमको इमेज नेपाली समाजमा स्थापित छ, त्यसअनुरूप उनले कस्तो व्यवहार प्रदर्शन गर्लान् भन्ने लागेको थियो,’ उक्त भेलामा सहभागी पारसकै एक सहपाठीले नाम उल्लेख नगर्ने सर्तमा भने– ‘तर उनी एकदमै भद्र हिसाबले प्रस्तुत भए, साना बालबालिकाहरूसँगको उनको व्यवहार रमाइलो थियो, पारस एकदमै परिवर्तन भएका रहेछन् ।’ विगतमा ‘ब्याड ब्वाइ’ को इमेज बनाएका पारस कसरी त्यस्तो रूपमा प्रस्तुत भए, धेरैमा जिज्ञासा थियो । पारस निकटस्थ सूत्रको दाबीअनुसार उनी विगतमा पनि अरूलाई हानि हुने गरी नराम्रो गर्ने किसिमका व्यक्ति होइनन्, तर परिस्थिति एवं विभिन्न प्रपञ्चका कारण उनी एकपछि अर्को घटनामा फस्दै गए । जलमहलमा आयोजित भेलामा सुरक्षाको कारण देखाउँदै पारसले ती तीन दिनको समयमा आमनागरिकको प्रवेश रोकिदिन आग्रह गरेको सञ्चालक दिनेश प्रसाईंले बताए । 

हरेक वर्ष गंगा दशहरा मेलाको अवसर पारेर २ सय २५ वर्गकिलोमिटरमा फैलिएको खप्तडमा मेला लाग्ने गरेको छ । स्वास्थ्य बिग्रिएका कारण पारस असार १ गतेको उक्त मेलामा सहभागी हुन भ्याएनन् । पोखरा, लुम्बिनी, धनगढी, डोटी हुँदै उनी खप्तड पुगेका थिए । सूत्रका अनुसार पोखरा र लुम्बिनीको सेड्युअल लम्बिएकाले उनी मेलाको दिन चाहेर पनि त्यहाँ पुग्न सकेनन् । पारसका साथमा धिरेन्द्र शाहकी माइली छोरी शीताष्मा शाह, योगी व्यग्र वेदनाथ (प्रवञ्जन बहादुर सिंह), राजेन्द्र सिंह, राजेश सिंह आदि थिए । झिग्रानामा आराम गरेपछि उनीहरू मेलास्थल त पुगे, तर त्यतिबेलासम्म मेला समापन भैसकेको थियो । 

पारस शाह पछिल्लो समय अर्थात् बैंककबाट फर्किएपछि निर्मल निवासबाहिरै छन् । चार वर्षको बैंकक बसाइपछि २०७१ चैत १९ गते नेपाल फर्किएका पारस काका धीरेन्द्र शाहकी माइली छोरी शीताष्माराज्यलक्ष्मी शाहको धुम्बाराहीस्थित कुण्डलिनी क्लबमा बस्न पुगेका थिए । त्यसपछि उनी लामो समय जीवनकुञ्जमा बसे । भूकम्पका कारण जीवनकुञ्ज असुरक्षित भएपछि हाल शीताष्माको परिवार विकास राणाको ललितपुरस्थित घर भाडा लिएर बसेको छ । पारस पनि शीताष्माको ललितपुरस्थित घरमै बस्दै आएका छन् । बहिनी शीताष्मासँग सुमधुर सम्बन्ध रहेकैले उनले बैंककमा पारस पक्राउ पर्दा खर्चको जोहो गरेर सहयोगीहरूलाई बैंकक पठाएकी थिइन् ।

बिग्रिएको स्वास्थ्यका कारण लामो समय आराम गरेर बसेका पारस गत माघको ८ गते ४५ औं जन्मदिन मनाउने क्रममा सहयोगीहरूका साथ रुद्रायणी देवीको पूजाआजाका निम्ति खोकना पुगेका थिए । मन्दिर दर्शनपछि उनले ललितपुर पुगेर मोबाइल एक्स्पोको उद्घाटन गरे । उक्त कार्यक्रमका दिन बहिनी प्रेरणा सिंह पनि पारसका साथमा थिइन् । उक्त कार्यक्रममा उनी थ्री पिस सुटमा देखिए । 

थाइल्यान्डमा रहदा ह्दयाघातका कारण गम्भीर बिरामी परेर तंग्रिएका पारस नेपाल आउँदा पनि पूर्ण रूपमा निको भैसकेका थिएनन् । २०७१ वैशाखको पहिलो साता पुन: अस्वस्थ भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा तीन दिन उनको स्वास्थ्य उपचार गरिएको थियो । पारस निकटस्थ सूत्रका अनुसार त्यतिबेला उनले आरामका साथै राजधानीका विभिन्न शक्तिपीठ तथा मन्दिरहरूको दर्शन गरेका थिए । परिवारले स्वीकृति नदिँदा निर्मल निवास जान नपाएका भनिएका पारस बैंककबाट नेपाल फर्कनेबित्तिकै आफ्ना छोराछोरीलाई लिएर बूढानीलकण्ठ पुगेका थिए । अहिले पनि उनी आफ्ना सन्तान भेट्ने चाँजोपाँजो मिलाइरहन्छन् । 

अध्यात्ममा पहिलेदेखि नै रुचि भए पनि अहिले उनमा त्यसको प्रभाव बढी देखिएको जानकारहरूको दाबी छ । आध्यात्म दर्शनलाई नजिकबाट बुझ्ने प्रयासमा उनले आर्ट अफ लिभिङदेखि पूर्वीय दर्शनका सन्त महन्तहरूसँगको छलफल एवं अन्तक्र्रियालाई अगाडि बढाएका छन् । ‘अहिलेको अवस्थामा उहाँ साधु बन्ने लक्षण छ, तर पूर्वराजपरिवारको मुख्य सदस्य भएकाले उहाँ जोगी बन्ने कुरा आउँदैन,’ सूत्र उल्लेख गर्छ–‘आध्यात्म र हिन्दू धर्म दर्शनका विभिन्न आयामका सम्बन्धमा उहाँ राम्रै चासो राख्न थाल्नुभएको छ ।’ योग र प्राणायाम गर्ने बानी विकास गरेका पारस ध्यानीहरूको संसर्गबाट चित्त शुद्ध गर्ने प्रयासमा रहेको निकटस्थ सूत्र बताउँछ । पछिल्लो समयमा पारसले आफ्नो आहार विहारमा पनि परिवर्तन ल्याएको दाबी गरिन्छ । खानपानकै कारण स्वास्थ्य बिग्रिएपछि उनी अहिले सन्तुलित भोजन ग्रहण गरिरहेका छन् । हाल पारसले सोसल ड्रिंक्सका रूपमा कहिलेकाहीं मात्र मदिरापान गर्ने सूत्र बताउँछ । उनले मासु खान पनि कम गरेका छन् । 

के गरेर दिन बिताउँछन् पारस

बिहान उठेर प्राणायाम गर्ने, ध्यान र आध्यात्मिक दर्शनका बारेमा जानकारी लिने पारस समय मिलाएर मठमन्दिरको दर्शनमा निस्कन्छन् । अहिले बूढानीलकण्ठका सहपाठीहरूका साथमा सामाजिक कार्य गर्ने तयारी भएकाले उनले त्यसलाई पनि समय दिइरहेका छन् । यो धर्तीलाई माया गर्नुपर्छ भन्ने भावना जागृत भएकाले सामाजिक कार्यमा आफूलाई समर्पित गर्ने उनको अठोट भएको निकटस्थहरू बताउँछन् ।

विगतमा गरेका केही त्रुटि राजपरिवारको सदस्य भएकै कारणले नकारात्मक परिणाम दिने खालका भएकाले उनी अब आफूले हरेक कार्य गर्दा सचेत रहनुपर्ने निकटस्थहरूलाई बताउँछन् । देशभरका युवाहरूसँग अन्तक्र्रिया गर्ने उनको योजना छ । राष्ट्रिय नीति नभएकाले मुलुक यो अवस्थामा पुगेको बताउने पारस अब सही राष्ट्रिय नीति निर्माणमा लाग्नुपर्ने बताउँछन् । पारसलाई उद्धृत गर्दै सूत्र बताउँछ–‘आफ्नो राष्ट्रिय नीति नभएकाले मुलुक विभिन्न इन्ट्ेरस्टअनुसार चल्न बाध्य छ, अहिलेसम्म जति पनि घटनाक्रम विकसित भएका छन्, अरूको इन्ट्ेरस्टमा भएका छन्, यसमा हामीले ध्यान दिनु आवश्यक छ ।’ 
परिवारसँग ठीकठीकैको सम्बन्ध

निर्मल निवासमा पारसलाई प्रवेश नै गर्न दिइएको छैन भनेर आमरूपमा प्रचार भए पनि यथार्थमा त्यस्तो नभएको सूत्र बताउँछ । निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र बस्ने भएकाले त्यहाँ रहँदा निश्चित बाउन्ड्रीमा बस्नुपर्ने भएकाले उनले बाहिरै बस्न रुचाएका हुन् । परिवारसँगको सम्बन्ध ठीकठीकै भए पनि उनी हरेक पारिवारिक समारोहमा सहभागिता जनाउँछन् । केही समयअघि आफ्नी फुपूको एक सन्तानको विवाहमा उनले सपरिवार तस्बिर खिचाएका थिए । असार २३ गते राजा ज्ञानेन्द्रको जन्मदिनको अवसर पारेर निर्मल निवासमा आयोजित समारोहमा पारस आउने भनिए पनि अन्तत: उनी त्यहाँ भने पुगेनन् । यद्यपि परिवारका सदस्यहरूसँग उनको संवाद भने भैरहेकै दाबी गरिन्छ । पत्नी हिमानी शाहसँग उनको सम्बन्ध आत्मीय नभए पनि बोलचालै नहुने गरी बिग्रिएको छैन । विगतमा चिसिएको यो दम्पतीको सम्बन्ध अहिले सुधारोन्मुख रहेको बताइन्छ । बुबा ज्ञानेन्द्रसँग पनि उनको सम्बन्ध ठीकठीकै छ । आवश्यक पर्दा बाबु–छोराबीच कुराकानी हुने गरेको सूत्र बताउँछ । 

खप्तड मैले लिएर गएको हो 

योगी व्यग्र वेदनाथ

पूर्वआइजीपी हेमबहादुर सिंहका छोरा प्रवंजन बहादुरसिंह डेढ वर्षदेखि योगी व्यग्र वेदनाथको परिचयमा छन् । मृगस्थलीस्थित गोरखनाथ आश्रममा बस्दै आएका सिंह पारससँग निकट मानिन्छन् । सिंहकै पहलमा पारसको खप्तड यात्रा तय भएको थियो । योगी व्यग्र वेदनाथ भन्छन्–‘आध्यात्मिक दर्शनमा रुचि भएकैले पूर्वयुवराज पारसलाई लिएर हामी खप्तड गएका हौं, यात्राका क्रममा उहाँ असाध्यै खुसी हुनुहुन्थ्यो । पछिल्लो समयमा आध्यात्मिक संगतले गर्दा उहाँको मुहारमा बेग्लै खालको चमक आइरहेको छ । यो यात्रालाई हामीले राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृतिसँग जोडेर बुझ्नुपर्छ । पछिल्लो समयमा यी विषय संकटमा परेका छन् । पूर्वयुवराज पारस पनि यो विषयमा सचेत रहेर युवाहरूसँगको परामर्शमा हुनुहुन्छ । विभिन्न पार्टीका युवा पंक्तिलाई पनि समेटेर राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृतिको संवद्र्धन–संरक्षणका लागि मुलुकभर अभियान चलाउने हाम्रो योजना छ । यसलाई विचारका रूपमा अघि बढाउने सोच छ ।’ योगी व्यग्र वेदनाथका अनुसार विगतका थुप्रै तीता अनुभवले पूर्वयुवराज पारसलाई अब सकारात्मक बाटोमा अग्रसर गराएको छ । ‘देशको महत्वपूर्ण शक्ति केन्द्र मानिने राजसंस्था र राजदरबारबाट बहिर्गमन हुनुको पीडा उहाँमा जति कसमा होला,’ योगी नरहरिनाथका तेस्रो पुस्ताको चेला बताउने योगी व्यग्रनाथ भन्छन्–‘जो मानिस जति बिग्रन्छ, त्यसले उसलाई उत्तिकै शिक्षा दिन्छ, यदि त्यसलाई सकारात्मक रूपमा लिएको खण्डमा मानिस अघि बढ्न सक्छ । विदेशी भूमिमा आमनागरिकको हैसियतमा बसेर, हिरासतमा परेर, जेल परेर पूर्वयुवराज पारसले धेरै हन्डर भोगिसक्नुभएको छ, थाइल्यान्ड बसाइलाई टुंग्याएर नेपाल फर्कनु नै उहाँमा सकारात्मक पक्ष हाबी भएको भनेर बुझ्न सकिन्छ अन्यथा उहाँ यतिबेला पनि बैंककमै हुने सम्भावना हुन्थ्यो ।’ 





साम्राज्ञीको यस्तो फेसन, अवार्ड पाउँदा झर्‍यो आँशु

samragye (7)

कालो वन पिसमा अन्जुको चमक

Anju Panta (4)

‘कालो पोथी’ समीक्षाः करिश्माको अण्डा, सपना र जनयुद्ध

kalo pothi team
चलचित्रले कथा बोल्नुपर्छ, कथा देखिनुपर्छ र कथा खेल्नुपर्छ । यी ३ कुराबाट पर हटेको चलचित्र व्यापारिक रुपमा हिट होला तर मानसपटलमा रुमलिन सक्दैन । चलचित्र कस्तो हुनुपर्छ भन्ने बहस लामो समयदेखि नचलेको होइन ।
तर, चलचित्रले हेर्नेको मन छुनुपर्छ अनी मात्र सफल मानिन्छ । मुगुका २ बालक, उनीहरुको मित्रता र सपना अनी एउटा ‘सेतो कुखुरा’को वरिपरी घुमेको चलचित्र ‘कालो पोथी’ आजबाट रिलिज भएको छ ।
देशभरका करिब दर्जन हलमा रिलिज भएको यो चलचित्रले थुप्रै अन्तरराष्ट्रिय अवार्ड पनि जितिसकेको छ । नेपाली दर्शकको मनमा समेत कौतुहलता जगाउन सफल यो चलचित्र कस्तो होला ? आउनुहोस् चर्चा गरौ ।
कथावस्तु
कर्णालीको मुगुमा बोलिने खस भाषालाई संवाद शैली बनाएर चलचित्र तयार पारिएको छ । सन् २००१ मा जब तत्कालिन नेकपा माओवादीले जनयुद्ध सुरु गर्‍यो, त्यसले कणर्ालीको एउटा क्षेत्रलाई पारेको प्रभाव र बाबुले छलकपट गरेर बेचेको पोथी खोजीको अभियानमा यो चलचित्र केन्द्रित छ ।
किरण(शुक्रराज रोकाया) र प्रकाश(खड्गराज नेपाली)को वरिपरि यो चलचित्र घुमेको छ । तल्लो र माथिल्लो जातका भएपनि यी दुई बालकको मित्रतामा कुनै कमी छैन । गाउँमा जनयुद्धको प्रभाव परेसँगै दिदीले दिएको ‘सेतो पोथी’ पालेर त्यसैको अण्डा वेचेर पढ्ने सपना बोकेका एक बालक र उनका साथीको कथा हो यो ।
बाबुले पोथी वेचिदिएपछि प्रकाश त्यसको खोजीमा हिड्छ । एउटा वृद्धले ६ सयमा कुखुरा किनेको थाहा पाएको प्रकाश त्यसलाई फिर्ता ल्याउनका लागि विभिन्न क्रियाकलाप गर्छ । जनयुद्धको प्रभावसँगै प्रकाशकी दिदी युद्धमा होमिन्छे ।
तर, पनि प्रकाश दिदीले दिएको कुखुरालाई फिर्ता ल्याएर त्यसको अण्डाबाट अध्ययन गर्ने सपनामा दौडिन्छ । कुखुरा एउटा गाउँबाट अर्को गाउँमा पुग्छ, तर पनि यी दुई बालक त्यसलाई फिर्ता ल्याउने दौडमा दौडिन्छन् । प्रकाश र किरणले कुखुरा फिर्ता ल्याउँछन् या ल्याउँदैनन्, यसका लागि दर्शकले हलमा गएरै चलचित्र हेर्नुपर्छ ।
सबल पक्ष
दृश्यभाषालाई बलियो नबनाउने हो भने अब चलचित्रको स्थिती दयनिय बन्छ । चलचित्र अब ५ वटा गीत, ५ वटा फाइट र घिसारिएको कथामा अगाडि बढ्न सक्दैन । ‘कालो पोथी’ हेरेपछि अधिकांशको मनमा आएको सोच हो यो ।
चलचित्र ‘लुट’ बनाएर निश्चल बस्नेतले नेपाली चलचित्रको भाषा फेरेका थिए । ‘कालो पोथी’ले नेपाली चलचित्रको भाषा र प्रस्तुतीलाई बलियो बनाएको छ । आफ्नै मौलिकता भित्र पनि थुप्रै कथाहरु बुनिएका छन् भनेर देखाएको छ ।
युद्धको कथामा ‘लाल सलाम र जिन्दावाद’का नारा मात्र लगाउनु पर्दैन भन्ने बोलेको छ । एउटा तालमा २ बालकले रगतले पोतिएको अनुहार पानीले धोएका छन्, गाउँलेहरु आफ्नो सम्पूर्ण सामानसहित विस्थापित भएका छन् । द्धन्द्धको वस्तुस्थिती चित्रण गर्नका लागि निर्देशकले यी २ दृश्यमै आफूलाई खरो उतारेका छन् ।
राजेश हमाल र करिश्मा मानन्धरको चलचित्र ‘साथी’ले पारेको प्रभावले कथामा रोचकता थपेको छ । चलचित्रकी नायिकाको नाममा नै आफ्नो पोथीको नाम राख्नु यसको उदाहरण हो ।
दिदीसँग पोथीको नाम के राखौ भनेर सोधेका बालकले अन्तत चलचित्रकी नायिकाको नै नाम राखिदिन्छन्, ‘करिश्मा’ । ‘पोथी’को नाम ‘करिश्मा’ राखेर निर्देशक मिन भामले दर्शक वाध्ने गजबको शैली अपनाएका छन् । ‘करिश्मा र उसको अण्डा’ हाँस्यरस थप्न सफल छ ।
डेढ घन्टा लामो चलचित्र ‘कालो पोथी’ नेपाल भित्रकै मौलिक शैलीमा बुनिएको उत्कृष्ट चलचित्र हो । जसको कथावाचनबाट निर्देशक विचलित भएका छैनन्, देखाउन खोजेको कुरामा स्पष्ट छन् ।
कमजोर पक्ष
चलचित्र भित्र कमजोरीका पाटाहरु छैनन् । साना-साना दृश्यदेखि न्यारेशनमा समेत निर्देशकले ध्यान दिएका छन् । खस भाषामा बोलिएका संवाद वुझ्नका लागि दर्शकले नेपाली सब-टाइटल हेर्नुपर्ने हुन्छ ।
मारपिट, चोरिएका कथा, गीतसंगीत भएका चलचित्र हेर्ने दर्शकका लागि ‘कालो पोथी’ रोजाइमा नहुन सक्छ । अर्कोतिर, चलचित्रमा बालकले देखेका सपना हुन् या गाउँ छोेडेका दृश्य, सिम्बोलिक दृश्यहरु दर्शकले आफै वुझ्नुपर्ने हुन्छ ।
अभिनय
चलचित्रको ज्यान भनेकी दुई बालक हुन्, शुक्रराज रोकाय र खड्गराज नेपाली । यी दुई बालक नेपाली चलचित्रका लागि नयाँ जीवन्त अभिनय गर्ने कलाकार हुन् । जसलाई मुगुबाटै खोजेर निर्देशकले ल्याएका छन् ।
चलचित्र भित्र उनीहरुको रुवाई, मित्रता, हसाँईले दर्शकलाई वाँधेको छ । नायिका वेनिशा हमाल चलचित्रकी अर्की पात्र हुन्, जो अन्य पात्र जस्तै कतै-कतै हराउँछिन् । संवाद कम हुँदा उनको अभिनय जति जम्नुपर्ने हो, त्यती जमेको छैन ।
निर्देशन
कुनै पनि क्षेत्रलाई बदल्न कसैले जोखिम उठाउनु पर्छ, निर्देशक मिन भामले यो जोखिम मोलेका छन् । उनले जुन कुराको उठान गरेका छन्, त्यसबाट विचलित भएका छैनन् । चलचित्रमा ‘सेतो पोथी’ राखेर चलचित्रको नाम ‘कालो पोथी’ राखिएको छ ।
यसमा निर्देशकले जुन तर्क देखाएका छन्, साच्चै मध्यान्तर अगाडि दर्शकले ताली बजाउँछन् र पपकर्नका लागि उठ्छन् ।
एउटा सिंगो जनयुद्ध र २ बालकको सपनालाई निर्देशक डेढ घन्टा भित्र जुन शैलीमा बुनेका छन्, तारिफ गर्नैपर्छ ।
समग्रमा
‘हाउसफूल ३’ र मसलेदार नेपाली चलचित्र हेर्ने दर्शकका लागि ‘कालो पोथी’ एउटा अर्गानिक चलचित्र हो । जसले नेपालकै कथालाई सटिक तर गजब शैलीमा भनेको छ । तपाइका लागि  ‘हाउसफूल ३’को कृत्रिम हाँस्यरस भन्दा अर्गानिक ‘कालो पोथी’को नेपाली मुस्कान शैली उत्कृष्ट बन्न सक्छ ।

स्मार्टफोनको ब्याट्री लाइफ बढाउने केही टिप्स

स्मार्टफोन प्रयोगकर्ताहरुको लागि सबैभन्दा ठूलो तनावको कारण नै यसको ब्याट्री चार्ज छिटै रित्तिनु हुन्छ ।
कहिलेकाहीँ यस्तो बेलामा मोबाइलको चार्ज सकिन्छ जब हामीलाई मोबाइल निकै आवश्यक हुन्छ । त्यसैले चार्जर र पावर बैंक समेत सँगै लिएर हिँड्नु बाध्यता हुन्छ । चार्जर र पावर बैंक बोक्नु मोबाइलको ब्याट्रीको चार्ज छिटो रित्तिने समस्याकेा समाधान होइन ।
तरपनि यो समस्याको समाधानको कोसिस निकै कमले गर्दछन् । यदि केही काइदा अपनाउने हो भने एन्ड्रोइड स्मार्टफोनकेा ब्याट्रीको चार्ज लामो समयसम्म टिकाउन सकिन्छ । जसमध्ये ५ कायदा यस्ता छन्ः
१. स्मार्टफोनको ब्याट्रीको चार्ज धेरै नरित्ताउनुहोस् । जब प्रयोग गर्दै जाँदा ब्याट्रीको चार्ज ४० प्रतिशतमा र्झदछ तब रिचार्ज गर्नुहोस् । तर हरेक तिन महिनामा भने मोबाइलको ब्याट्री चार्जलाई पूरै रित्याउनुहोस् र मात्र रिचार्ज गर्नुहोस् । यसो गर्दा ब्याट्रीको चार्जिङ क्षमता बढ्ने ब्याट्री युनिभर्सिटी ब्लगमा दाबी गरिएको छ ।
२. मोबाइलको कल घण्टी खुला गर्नुहोस् । भाइब्रेसन एक्टिभेट गर्दा त्यसले ब्याट्रीकेा चार्ज बढि खपत गर्दछ ।
३. तपाइँको स्मार्टफोनमा कुन एपले बढि ब्याट्री खपत गरिरहेको छ थाहा पाउनुहास् । यदि उक्त एप खासै कामको छैन भने अनस्टल गर्नु जाति हुन्छ । कुन एपले बढि ब्याट्री खपत गरेको छ जान्नका लागि स्मार्टफोनको Setting मा गएर Device र त्यसपछिBattery अप्सनमा जानुहोस । वा Setting मा गई Power र त्यसपछि Battery Use मा गएर पनि चेक गर्न सक्नुहुन्छ ।
४. यदि मोबाइलको नेटवर्क सिग्नल कम छ र स्मार्टफोनले लगातार नेटवर्क सर्च गरिरहनुपर्छ भने त्यसबेला निकै धेरै ब्याट्री खपत हुन्छ । त्यसैले खासगरी यात्राका दौरान यस्तो हुने भएकाले मोबाइलमा एयरप्लेन मोड एक्टिभेट गर्नुहोस् जसका कारण स्मार्टफोनले नेटवर्क खोज्नमा उर्जा खर्च गर्नुपर्दैन । मोबाइल नेटवर्क कम भएको बेला डाटा भन्दा वाइफाइको प्रयोग गर्दा ब्याट्री बढि खप्दछ ।
५. होमस्क्रिनबाट अनावश्यक एप हटाउनुहोस् । धेरै एन्ड्रोइड एपहरुलाई होमस्त्रिmनमा राखिन्छ । स्मार्टफोनको स्त्रिmन अनलक गर्नेबित्तिकै त्यस्ता एपहरु सिधै प्रयोग गर्न सकियोस् भन्नका लागि यसो गरिन्छ ।
तर यसरी होमस्क्रिनमा राखिएका एपहरु लगातार अपडेट हुने भएकाले बढि डाटा तथा ब्याट्री खपत गर्दछन् । त्यसैले होमस्क्रिनबाट त्यस्ता एपको विज्याट हटाउनुहोस् । त्यसका लागि उक्त एपको आइकनमा थिच्नुहोस् । त्यहाँ ट्रयास आइकन देखा पर्दछ । एपको विज्याटलाई ड्रयाग गरी सोही ट्रयासमा लगेर हाल्नुहोस् 

यी हुन् सबैभन्दा फास्ट इन्टरनेट भएका देशहरु

विश्वमा सबैभन्दा तिव्र गतिको इन्टरनेट भएको देश कुन हो ? अमेरिकास्थित क्लाउड सर्भिस प्रदायक संस्था अकामाइले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार दक्षिण कोरिया विश्वमा सबैभन्दा तिव्र गतिको इन्टरनेट भएकेा देशमा पहिलो स्थानमा रहेको छ ।
रिपोर्ट अनुसार दक्षिण कोरियाको औषत इन्टरनेट स्पीड २९ एमबीपिएस रहेको छ भने पिक स्पीड १०३.६ एमबीपीएस रहेको छ ।
औषत कनेक्सन स्पीडमा नर्वे दोश्रो स्थानमा छ भने स्विडेन तेश्रो, हंगकंग चौथो, स्विजरल्याण्ड पाँचौ स्थानमा रहेका छन् । त्यस्तै लाटभिया, जापान, नेदरल्याण्ड, चेक गणतन्त्र तथा फिनल्याण्ड क्रमशः पाचौँबाट दशौँ स्थानमा रहेका छन् ।
त्यस्तै उच्चतम कनेक्सन स्पीडको हिसाबले सिंगापुर पहिलो स्थानमा रहेको छ । सिंगापुरमा इन्टरनेटको पिक कनेक्सन स्पीड १४६.९ एमबीपीएस रहेको छ । हंगकंग दोस्रो,  इण्डोनेसिया तेश्रो तथा दक्षिण कोरिया चौथो स्थानमा रहेका छन् । कतार पाचौँ, मकाओ छैटौँ, जापान सातौँ, ताइवान आठौँ, रोमानिया नवौँ र मंगोलिया दशौँ स्थानमा रहेका छन् ।
औषत इन्टरनेट स्पीडको हिसाबले चीन १०० औँ, तथा भारत ११४ औँ स्थानमा रहेका छन् ।
तथ्यांक अनुसार नेपालको औषत इन्टरनेट स्पीड ३.८ एमबीपीएस रहेको छ । पछिल्लो ४ महिनामा इन्टरनेट स्पीडमा सबैभन्दा धेरै सुधार गर्ने देशमा नेपाल पनि परेको छ । यो अवधिमा नेपालको औषत इन्टरनेट गतिमा ९१ प्रतिशतले वृद्धि भएको रिपोर्टमा उल्लेख छ ।
विश्वको इन्टरनेट गतिको सम्बन्धमा अकामाइले सार्वजनिक गरेको सन् २०१६ को पहिलो त्रैमासिक रिपोर्ट, स्टेट अफ द इन्टरनेट रिपोर्ट अनुसार अघिल्लो वर्षको सोही अवधिको भन्दा हाल विश्वको औषत कनेक्सन स्पीडमा २३ प्रतिशतले वृद्धि  भएको छ । जुन अहिले ६.३ एमबीपीएसमा पुगेको छ । त्यस्तै विश्वको इन्टरनेटको पिक कनेक्सन स्पीडमा १४ प्रतिशतले वृद्धि भएर ३४.७ एमबीपीएस पुगेको छ ।
त्यस्तै मोबाइल इन्टरनेट स्पीडको हिसाबले बेलायत पहिलो स्थानमा रहेको छ भने अल्जेरिया पुछारमा रहेको छ

केवल दुर्इ मिनेटमै कम्प्युटरमा सिक्न सकिने यी काइदा, जुन सधैलाई काम लाग्छ

यदि कुनै कुरा जम्मा २ मिनेटमै सिक्न सकिने र त्यो सिकेको कुरा निकै काम लाग्ने रहेछ भने अरु के नै चाहियो र ?
म्प्युटरमा दुइ मिनेटमै सिक्न सकिने  केही ट्रिकहरु पनि निकै काम लाग्दा हुँदा रहेछन् । दुइ मिनेटमै सिक्न सकिने उपयोगी ट्रिक यस्ता छन्ः
इन्टरनेट स्पीड बढाउने ट्रिक
यसको लागि Start मेनुमा गएर Rundf जानुहोस् अनि Gpedit.msc टाइप गर्नुहोस् । त्यसपछि ok थिच्नुहोस् । यो सँगै कम्प्युटरको स्क्रिनमा एक ट्याब खुल्नेछ । उक्त ट्याबमा रहेको Comput Configuration मा क्लिक गर्नुहोस् । अब ca Administrative Templates मा क्लिक गर्नुहोस् । अनि Network cK;g अप्सन छानेसँगै त्यहाँ देखापर्ने Qos Packet Scheduler सेलेक्ट गर्नुहोस् ।
त्यसपछि Limits reservable bandwith मा क्लिक गर्नुहोस् । अब नयाँ ट्याब खुल्नेछ र त्यहाँ ३ वटा अप्सन दिइएको हुन्छ । ३ अप्सन मध्येDisabled लाई छान्नुहोस् । त्यसपछि सोही ट्याबमा सबैभन्दा तल रहेको Apply भन्ने अप्सनमा क्लिक गरी ok मा क्लिक गर्नुहोस् ।
यसो गर्नुभयो भने तपाइँको इन्टरनेटको स्पीड बढ्नेछ ।
किन बढ्छ स्पीड ?
Limits reservable bandwith लाई Disable गरेसँगै तपाइँको कम्प्युटरले विन्डोजसँग सम्बन्धित यस्ता टास्कलाई अनुमति दिँदैन जसलाई ब्याण्डविथको आवश्यकता पर्दछ । साथै अटोम्याटिक अपडेट पनि बन्द हुन्छ । जसका कारण इन्टरनेटको स्पीड बढ्दछ ।
अदृश्य फोल्डर बनाउने ट्रिकः  चाहे तपाइँले पूरानो फोल्डरलाई छान्नुभएको होस् वा नयाँ फोल्डर बनाउनुभएको होस्, सबैभन्दा पहिले त्यसको आइकन लुकाउनु पर्दछ । यसका लागिः
फोल्डरमा राइट क्लिक गरी Properties मा जानुहोस्
त्यहाँ रहेका सबै अप्सन मध्ये Customize मा क्लिक गर्नुहोस्
जुन विन्डोज ओपन हुन्छ उसैबाट Change Icon ट्याबमा क्लिक गर्नुहोस् ।
एक ब्राउजिंग विन्डो ओपन हुनेछ उक्त अप्सनमा ब्लांक स्पेसको अप्सन छान्नुपर्छ । त्यसपछि ok मा क्लिक गर्नुहोस् अनि फोल्डर आइकन हराउनेछ ।
फोल्डरको नाम हटाउने ट्रिकः आइकन हटाएपछि पनि फोल्डरको नाम हटेको हुँदैन । त्यसलाई हटाउनका लागि समेत एक खास टि्रक अपनाउनुपर्ने हुन्छ । यसका लागि फोल्डरमा राइट क्लिक गर्नुहोस् अनिRname अप्सन छान्नुहोस् । त्यसपछि ALT सँगै 0160थिच्नुहोस् र इन्टर गर्नुहोस् । विन्डोज एक्सपी, विन्डोज सेभेन तथा विन्डोज ८ मा यो सिस्टमले काम गनेछ ।

‘ओलीको बहिर्गमन सकारात्मक, तर खुशी मनाउने अवस्था छैन’


प्रधानमन्त्री केपी शर्मा ओलीले माखेसाङलोदेखि रुखबाट आँप खसेको जस्ता बचन लगाउनुभयो । यसले मधेसमा एन्टी ओली सेन्टिमेन्ट बढाएको थियो । त्यसैले यो सरकारलाई रिप्लेस गर्दा मधेसले सहज र सकारात्मकरुपमा लिएको पाइन्छ ।
तर, यो गठवन्धनबाट अहिले नै हामी सबैथोक पाउँछौं भन्ने विश्वास बनिसकेको छैन । त्यसैले एक शब्दमा भन्दा ‘इन्ट्रा एलिट ब्याट्रल’को रुपमा लिएको छ । यदि हामीसँग भएका विकल्पहरुमा खराबहरु मात्र छन् भने कुन कम खराब छ खोज्ने हो । र, यो नयाँ गठवन्धनलाई खराबमध्ये कम खराबका त्यसरी लिन सकिन्छ । मलाई त हिजो केही ठाउँमा मानिसहरुले खुसी मनाउँछन् भन्ने पनि लागेको थियो ।
Dipendra Jhaकिनभने माओवादीले पहिलेदेखि नै मधेसमा दुई प्रदेश हुनुपर्छ र संविधान संशोधन हुनुपर्छ भन्दै आएको हो । कांग्रेसले पनि मुख्य आधार नै मधेस भएकाले कहीँ न कहीँ मधेसको सेन्टिमेन्टलाई सम्बोधन गर्नुपर्छ भनेर बोलिरहेको थियो । मधेसलाई सम्बोधन गर्नुपर्छ भन्ने दुईवटा शक्ति एकै ठाउँमा आएकाले एउटा आशा जागेको छ ।
भोलि सरकार बनेपछि मन्त्रिपरिषदबाट संविधान संशोधन प्रस्ताव पास गरेर संसदमा दर्ता गर्‍यो भने यसलाई एक कदम अगाडि मान्न सकिन्छ । भलै, पास होला, नहोला । यदि कसैले त्यस्तो प्रस्तावको विपक्षमा मत दिन्छ भने उ त जनताका सामु एक्सपोज त हुन्छ नि ।
त्यसैले अहिले भएको राजनीतिक घटनाक्रमलाई एक कदम अगाडि र सकारात्मक रुपमा दिनुपर्छ । तर, सबै माग पूरा हुन्छ भनेर खुसी मनाउने अवस्था छैन ।
संविधान बनाउने क्रममा कांग्रेस, एमाले र माओवादी तीनवटै दल एकै ठाउँमा थिए । यी तीनवटै दलहरु मधेसको सवालमा फरक दृष्टिकोण राख्दैनन् भन्ने यथार्थ हो । यो सम्झना पनि छ र, उनीहरुको भूमिका मधेसले बिर्सिएको पनि छैन । तर, पोलिटिकल रियालिटीभन्दा पर भाग्न पनि त सकिँदैन ।
अर्थात खराबहरु मध्ये कम खराब छान्नुको मधेससँग विकल्प छैन । त्यसैले मधेससँग राम्रोको च्वाइस छैन । ‘गुड एमोङ ब्याड च्वाइस’ गर्ने विकल्प छ ।
एन्टी ओली सेन्टिमेन्ट भएको हुनाले यो सरकारलाई जसले च्यालेन्ज गर्छ, त्यसलाई मधेसकेन्दि्रत दलहरुले सहयोग गर्न सक्छन् । बाहिरबाट समर्थनसम्म गर्न सक्छन् । तर, सरकारमा सहभागी नै हुने अवस्था छैन । सरकारमा जानुपर्छ भन्ने मत मधेसको छैन ।
संविधान संशोधन गरेर सीमांकन नसच्याएसम्म सरकारमा जो जान्छ, उसले आफ्नो ‘ग्राउण्ड’ ‘लुज’ गर्ने हो । बरु संविधान संशोधनको प्रस्ताव दर्ता भएपछि र मुद्दा सम्बोधन हुने सुनिश्चित भएपछि सरकार जान सक्छन् । तर, अहिले नै सरकारमा जानु भनेको आत्मघाती हुन्छ ।
मधेसका मुद्दाहरु के-के सम्बोधन गर्ने भन्ने अहिले नै कुनै छलफल भएको छैन । तर, मधेसमा दुई प्रदेश हुनुपर्छ, राष्ट्रिय सभा र नागरिकताबारे सच्याउनुपर्छ । र, आन्दोलनका क्रममा भएका हत्या, दमनको छानविनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्छ भनेर मोटामोटी छलफल भएको छ ।
मलाई के लाग्छ भने सरकार परिर्वतन भएर नयाँ प्रधानमन्त्रीले सपथ लिएपछि वार्ता गर्ने बेलामा यो कुरा उठ्छ । र, त्योबेलामा कहाँसम्मको सीमा समात्ने, त्यो छलफल र बहसको विषय हुन्छ ।
अब मधेसकेन्दि्रत दलहरुसँग छलफल गरेर एउटा समझदारीमा पुगेपछि मात्र संविधान संशोधनको प्रक्रिया अघि बढ्न सक्छ । ओली सरकारले त चिठी पठाउने तर, कुनै कुरा पनि नमान्ने भएकाले सम्वाद नै सुरु हुन सकेको थिएन । तर, अहिले त गभर्मेन्ट फ्रेन्ड्ली भएपछि वार्ता होला । र, एउटा समझदारीमा पुग्न सक्ने वातावरण बन्ला ।
प्रधानमन्त्री आफैंले सम्झौता गर्‍यो भने क्याविनेटले त्यसलाई ग्रहण गरेपछि संशोधन प्रस्ताव संसदमा जान्छ । मधेसको सन्दर्भमा यो उपयुक्त हुन्छ । र, जनताका आधारभूत एजेण्डा सम्बोधन हुने गरी सम्झौता हुने हो भने मधेसले मान्छ ।
तर, यिनीहरुको पृष्ठभूमि, संविधान बनाउँदाको भूमिका सबैलाई हेर्दा जे भन्यो, त्यही हुबहु मान्ने अवस्था छैन । तर, पहिलाभन्दा मैत्रीपूर्ण वातावरण बनेको छ ।

ओलीज्यू ! ‘गुगल ब्वाइ’लाई किन राज्यको ढुकुटी बाँडेको ?

गुगल ब्वाइको जन्मकुण्डलीको नाम के हो मलाई थाहा छैन । उनका अभिभावक कहाँ के गर्छन्, त्यो पनि थाहा छैन । तर, आफ्नो सन्तानको माया कति लाग्छ, राम्रोसँग महशुस गर्न सक्छु । गुगल ब्वाइलाई काँडाले त के, फूलले अल्झायो भने पनि उनका बाबाआमालाई धेरै पीडा हुन्छ । यतिखेर म काँडा वा फूल बन्न खोजिरहेको छैन ।
प्रथमतः म गुगल ब्वाइको शिघ्र स्वाथ्य लाभको कामना गर्न चाहन्छु । उनी चाँडै निको हुन् । आम बालबालिकाहरु जस्तै हिँडडुल गरून् । शारीरिक र मानसिकरुपमा पनि तन्दरुस्त बनुन् ।
यस्तो कामना मैले मानवीयताको नाताले मात्रै गरेको होइन । आवश्यक परेको खण्डमा उनको उपचारका लागि सहयोगार्थ अभियानमा संलग्न हुनसमेत तयार छु म ।
तर, करोडौं रुपैयाँ राज्यको ढुकुटीबाटै गुगल ब्वाइका नाममा खोलिएको प्रतिष्ठानलाई दिनुपर्ने किन ? ओली सरकारको यो व्यवहार एकदमै पक्षपाती हो । झट्ट सुन्दा यो कुरा असन्तुलितजस्तो लाग्न पनि सक्छ । तर, भावनामा बहकिएर दिलबाटै सोच्यो भने मात्र यो कुरा असन्तुलित हो भन्ने बुझ्न सकिन्छ ।
दृष्टिकोणका आधारमा, दिमाखबाट सोच्यो भने यो कुरा सन्तुलित लाग्न सक्छ । र, यो कुरा गुगल ब्वाइका बाबाआमाले पनि स्वीकार्नुपर्छ । उनीहरु पनि यो देशका नागरिक हुन् । र, देशमा भूकम्प पीडितका बालवालिकाको अवस्था के छ भन्ने उनीहरुलाई पनि राम्रैसँग थाहा छ ।
के कुरा स्वीकार गर्नुपर्दछ भने जनताले तिरेको कर गुगल ब्वाइको प्रतिष्ठान सञ्चालनका लागि होईन । यदि कसैले हो भन्छ भनेपनि त्यति ठूलो रकमको एउटा परिवारलाई दिइनु उचित होइन । राज्यले आम नागरिकलाई गर्ने सहयोगका सीमाहरु पक्कै हुन्छन् ।
असल नागरिकको कर्तव्य त राज्यलाई बाटो देखाउने हो । तर, गुगल ब्वाइको परिवारले शक्ति र सम्बन्धको फाइदा उठाए ।
गुगल ब्वाइ निर्दोष छन् । दोषी त सरकार छ । गम्भीर रोग लागेका तर आर्थिक हैसियत नभएका कैयौं बिरामीका परिवारजनले सहयोगको हात अगाडि बढाएर उपचार गरेका उदाहरण छन् ।  समाजिक सञ्जालका कारण त्यो सम्भव पनि हुने गरेको छ । अझ गुगल ब्वाइको परिवारको मिडिया ‘कनेक्सन’ मजबुद भएकाले यो तरिका अपनाएको भए जनताले फेसबुकबाटै एक/एक रुपैयाँ दिएर भए पनि उनका लागि करोड जुट्न सक्थ्यो ।
राज्यले स्थापित गराउन खोजेको समाज ‘भविष्यवाणीको हो ?
म भविश्यवाणीमा विश्वास गर्दिँन । मजस्ता लाखाैं नेपाली नागरिकले भाग्यवादमा भन्दा कर्ममा विश्वास राख्छन् । तर, राज्यले भजिश्यवाणी-शक्तिलाई स्थापित बनाउन चाहेको देखिन्छ । यो रुढीवादी संस्कार हो यो । यसले विभेदको प्राचीन संस्कारलाई प्रचलित कानुनको झल्को दिन्छ । राज्यको चिन्तन उजागर गर्छ । विज्ञानमा भन्दा पनि धामी झाँक्रीप्रति आस्था जगाउन प्रेरित गर्छ, ओली सरकारको यस्तो पुस्कारले ।
म गुगल ब्वाइलाई ‘कथित गुगल ब्वाइ’ भन्छु । र, म उनलाई रोगी पनि भन्दिँन । उनी अरुजस्तै शारीरिकरुपमा अशक्त बालक मात्र हुन् । उनको फरक क्षमताको जो चर्चा हुने गर्छ, त्यो चलाख मानिसहरुको प्रपोगाण्डा हो भन्ने लाग्छ । फरक क्षमताको मापदण्ड के हो ? नागरिकको फरक क्षमताको मापदण्ड निर्धारण गर्ने निकाय कुन हो ?
मानिलिनुहोस् ‘गुगल ब्वाइ’ अशक्त बालक होइनन् र अदभुत क्षमता भएका बालक हुन् । त्यो हो भने उनको उपचार गर्न किन जरुरी छ ? उपचार गरेपश्चात यदि उनको ‘अदभुत शक्ति’ गुम्यो भने यसको जिम्मेवारी कसले लिन्छ ? किनभने उनको ‘अदभुत शक्ति’का लागि यो विभेदकारी सरकारलेे करोडौं लगानी गरेको छ । र, यो सरकारलाई भोलि कुनै पनिबेला यस्तो ‘अदभुत शक्ति’ आवश्यक पर्न सक्छ ।
यो तर्क पूर्वाग्राही लाग्यो भने अर्को तर्क गरौं । जस्तो कि राज्यको तर्फबाट नागरिकको उपचारका लागि गर्ने सहयोगका बारेमा चर्चा गरौं । कति रुपैयाँसम्म सहयोग दिने संबैधानिक अधिकार वा नियमावलीमा व्यवस्था छ ? जस्तो कि २ लाख, ५ लाख, वा १५ लाख ? कि प्रधानमन्त्रीको तजबिजी भएमा जति पनि निकाशा गर्न सकिन्छ ?
मन्त्रिपरिषदले नै निर्णय गरेर १ करोड रुपैयाँ आर्थिक सहयोग गर्नुको औचित्य पुष्टि भविश्यवाणी गरेका आधारमा हुन सक्दैन । भविश्यवाणी राज्यले प्रवर्धन गर्ने विषयवस्तु पनि होइन । यस्तो रुढीवादी कार्यलाई त निरुत्साहित गर्नका निम्ति राज्यले जनचेतना जगाउनुपर्ने थियो । तर, हामी कुन युगमा छौं भन्ने कुरा ओली सरकारले थाहा पाएन । यो हाम्रो भविश्यका निम्ति खराब नजिर बन्न पुगेको छ ।
भूइँचालो पीडितका लागि धुर्मुस, सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको बृहत आवासलाई सरकारले एक रुपैयाँ सहयोग गरेको अहिलेसम्म जानकारीमा छैन । उता साउदी, कतारका श्रमिकहरुले आँशु संगालेर कमाएको पैसा सुका-सुकामा संकलन गरेर भूइँचालो पीडितको घर बनोस् भनेर पठाएका छन्
भूइँचालो पीडितलाई पाखा, गुगल ब्वाइलाई काख
भूइँचालो पीडितलाई १५ हजार दिने कुरामा महिनौं संसदमा बहस हुन्छ । तर, गुगल ब्वाइलाई १ करोड उपचार खर्च दिन एक मिनेट मात्र लाग्छ, कसैले बहस गर्दैन । चित्रबहादुर केसी र कमल थापा चुँ बोल्दैनन् । किनभने उनीहरु जातिवादी हुन् । जातिवादीलाई साक्षी राखेर अतिवादीले निर्णय सदर गर्छन् । भूइँचालोको झुपडी बदर हुन्छ ।
भूइँचालो पीडितका लागि धुर्मुस, सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको बृहत आवासलाई सरकारले एक रुपैयाँ सहयोग गरेको अहिलेसम्म जानकारीमा छैन । उता साउदी, कतारका श्रमिकहरुले आँशु संगालेर कमाएको पैसा सुका-सुकामा संकलन गरेर भूइँचालो पीडितको घर बनोस् भनेर पठाएका छन् । यता ओली पण्डितको सोच भविश्यवाणी गर्न पट्टि छ ।
गुगल ब्वाइका कारण भूइँँचालो पीडितले राहत पाएनन् भनेर उनका आमाबाबालाई यो सन्देश सुनाउन खोजेको होइन । यदि उहाँहरुलाई यस्तो भ्रम परेमा म ह्रदयदेखि नै माफी चाहान्छु । पि्रय बालकप्रति पनि विनम्रताका साथ माफी चाहान्छु । मैले राज्यको सोच र प्रवृत्तिको कुरा गरेको हो । किनभने त्यो एक करोड रुपैयाँमा म जस्ता नेपाली नागरिकको हिस्सा र अधिकार छ । र, यो निर्णय गर्ने ओली सरकारलाई भूइँचालो पीडितहरुले माफी दिन सक्ने छैनन् । भूकम्पमा बुबा आमा गुमाएर टुहुरा बनेका बालवालिका र तिनका मृत आमाबुबाहरुले पनि माफी दिने छैनन् ।
जसरी हजाराैं भूईँचालो पीडितहरुलाई बस्ने घर बनाउनका लागि व्यक्ति-व्यक्ति मिलेर करोडौं रुपैयाँ संकलन गरियो, त्यसैगरी गुगल व्बाइको उपचारका निम्ति विश्वभर सहयोग संकलन गर्न सकिन्थ्यो । अरु धेरैले यसै गरेको देखिन्छ, सुनिन्छ, पढिन्छ । तर, ‘गुगल ब्वाइ’ माथि यो समान्य नियम लागेन र उनलाई राज्यले देवताको जस्तै व्यवहार गर्‍यो ।
राज्यले आफ्ना नागरिकलाई गच्छेअनुसार सहयोग गर्नुपर्छ । तर, बन्धकी बस्न मिल्दैन । असाधारण क्षमताका बारेमा हरेक मानिसहरु वीच आ-आफ्ना मत छन् । मेरो कुरा गर्नुहुन्छ भने म त यसलाई प्रपोगाण्डा ठान्दछु । केही गडबड छ भन्छू । र, अधिकांशले यस्तै भन्ने गर्छन् । त्यसो त सबै मानिसभित्र कुनै न कुनै असाधारण क्षमता लुकेकै हुन्छ । तर, के ती सबैलाई राज्यले जनही एक-एक करोड रुपैयाँ वितरण गर्न सक्छ ?
फरक क्षमता भनेको हावादार भविश्यवाणी हुन सक्दैन । फरक क्षमता वा असाधारण क्षमताका रुपहरु अनेक छन् । जो न्यानो लुगा र औषधिको अभावमा अकालमै मरे, हाम्रो नजरमा उनीहरुमा पनि फरक क्षमता हुन सक्छ ।
दिल निसानि मगर
दिल निसानि मगर
शंकाको घेरा
गुगल ब्वाईको परिवारको आर्थिक हैसियत के हो ? ओलीसँगको सम्बन्ध के हो ? यस्ता कुरा बाहिर ल्याउने मिडियाहरुको सरोकार के हो ? यस्ता प्रश्नहरु पनि उठ्न सक्छन् । भविश्यवाणीजस्तो काइते कुरा राज्यको प्रथामिकतामा किन पर्‍यो ? अमेरिका पुगेर उपचार गराउँदासमेत किन रोग पत्ता लागेन ?
सरकारले फरक क्षमता भएका बालबालिकाहरुका लागि बर्षेनी करोडौं रुपैयाँ खर्च गर्न सक्छ । तर, योजनाअनुसार सामुहिकरुपमा । यसका लागि बालविकास केन्द्रहरु छन् । अपाङ्गता भएका व्यक्तिहरुका लागि सहयोगार्थ वर्षेनी करोडौं रुपैयाँ खर्च हुन्छ । र, यी सबै योजनाअनुसार नै सञ्चालित हुन्छन् । तर, गुगल ब्वाइले पाउने सुविधामा किन नयाँ सिस्टम ?
भविश्यवाणी गर्ने असाधारण क्षमता भएको बाहनामा राज्यको ढुकुटीमार्फत करोडौं रूपैयाँ खर्च गर्ने काम विभेदकारी छ । यसलाई राजनैतिक पहुँच, धार्मिक, जातीय र नातावादी कोणबाट विश्लेषण गर्न सकिन्छ । किनभने विश्लेषणको आधार नै यस्तै प्रष्ट रुपमा देखिने विभेदका संकेतहरु हुन् भन्ने लाग्छ । यो पहुँचका आधारमा गरिएको जातीय लुट हो ।
आज हजाराैं मधेसी दाजुभाइका बालबच्चाहरु कालाजार, औंलोका कारण बितेका छन् । उनीहरुले सामान्य औषधिसमेत सेवन गर्न पाएका छैन्न । हजारौं हिमालका सन्तानहरु निमोनियाका कारण मर्छन् । उनीहरुले न्यानो लुगा पनि पाउँदैनन् । कर्णालीमा झडापखाला जस्तो सामान्य स्वास्थ समस्याको औषधिको अभावमा महामारी फैलिन्छ, त्यहाँ सरकारको ध्यान जाँदैन ।
तर गुगल ब्वाइ किन प्राथामिकतामा परे ? यो कुरा शंकाको घेरामा छ । सामाजिक सञ्जालमा अनेक प्रश्न उठेका छन्, जुन स्वाभाविक छ ।
सरकारमा रहेको राजनैतिक पार्टीसँग हिमचिम भएका आधारमा, विभेदकारी सामाजिक संरचनाले निर्धारण गरेको कथित उपल्लो जातको सन्तान भएका आधारमा, वा नातापाता वा जिल्लावासी भएका आधारमा गुगल ब्वाइको हैसियत कुनै एक उत्पीडित थारूको सन्तानको भन्दा माथिल्लो भनेर मान्न सकिन्न । व्यक्तिगत स्वार्थका लागि राज्य कोष ब्रहमलुट गर्नेहरुलाई राष्ट्रघाती एवं भ्रष्टाचारी मान्न सकिन्छ ।
कामचलाउ सरकारको कुकर्म
वैधानिकताको लक्ष्मण रेखा पार गरिसकेको ओली सरकार अब नैतिकरुपमा सरकार होइन । नयाँ सरकार निर्माणको समीकरण बनिसकेको अवस्थामा औपचारिकरुपमा मात्रै ओलीले पद त्याग्न गर्न बाँकी छ । असमान्य अवस्थामा बाहेक यस्तो काम चलाउ अवस्थामा कुनै पनि सरकारले महत्वपूर्ण निर्णय गर्दैनन् । गरे पनि त्यो अराजनैतिक हुन्छ, वैधानिक हुँदैन ।
गुगल ब्वाइले गरेका सबै भविश्यवाणी सही छैनन् । जस्तो कि युरोकप फुटबल त फ्रान्सले जित्छ भनेका थिए । आखिर जित्यो पोर्चुगलले
जाँदाजाँदैको समयमा कथित गुगल ब्वाइलाई संरक्षण गर्न भनेर सरकालेर छुट्टाएको एक करोड रुपैयाँ अराजकता र भ्रष्टाचारको कडी हो । यसले सम्पूर्ण नेपालीहरुको भावनालाई न्याय दिन पनि सक्दैन । बरु विभेद र असमानता नयाँ प्रारूप तयार गर्दछ । ओली सरकार मूलतः विभेदकारी छ भन्ने कुरा मधेसमा गोली खाने निर्दोष बालकको परिवारलाई नहेर्नुबाटै बुझिन्छ ।
सायद ओली प्रधानमन्त्री नहुँदै गुगल ब्वाइले सही भविश्यवाणि गरेका थिए । बक्सिस स्वरुप एक करोड हो भने पनि त्यो गलत नै हुन जान्छ ।
गुगल ब्वाइले गरेका सबै भविश्यवाणी सही छैनन् । जस्तो कि युरोकप फुटबल त फ्रान्सले जित्छ भनेका थिए । आखिर जित्यो पोर्चुगलले । त्यसैले यी सबै कुरा अपवादमा मेल खाने अनूभुतिजन्य विषय मात्रै हुन् ।
उनले हातले अनेकभाँती लेख्ने कुरा पनि शंकाको घेरामा छ । उनी स्कुल नगए पनि घरमा पढेका हुन सक्छन् । सांकेतिक भाषाको पढाइ गरेको हुन सक्छन् । बोल्न नसक्ने चर्चित साहित्यकार झमक घिमिरे पनि लेख्छिन्, उनले पनि विद्यालयको ढोका टेकेकी छैनन् । तर, झमकले आफूलाई कहिल्यै ‘दैविक’ दाबी गरेकी छैनन् ।
मैले गुगल ब्वाइको उपचार नहोस् भन्ने एकप्रतिशत भावना बोकेको रहेंछु भने गाईको मासु खाए समानको पाप लागोस् । पि्रय निर्दोष बालकप्रति सदभाव राखेर राज्यले गरेको विभेद, एकल जातीय पृष्ठपोषण अनि उनको परिवारले प्रश्रय दिइरहेको भाग्यवादी चिन्तनका बारेमा सैद्धान्तिक असन्तुष्टि राखेको हुँ ।
किनभने विसंगति र विकृतिको विरुद्धमा बोल्न र सोच्न छाडेपछि मानिसहरु मर्छन् । जिवितै भएर पनि जब मानिसहरु बोल्न र सोच्न छाड्छन्, ती पनि मरे समान हुन्छन् । म मरे समानको हुन चाहान्न ।

अनौठो परम्परा, जहाँ बाबुछोरीको बिहे गराइन्छ

दुनियामा कतिपय यस्ता परम्परा हुन्छन् जसका बारेमा सुन्दैमा निकै अप्ठेरो महसुस हुन्छ र लज्जाबोध पनि हुन्छ । सायद आफ्नै बुवासँग कुनै पनि महिलाको बिहे हुने भन्ने कुरा सोँच्न पनि नसकिने कुरा हो । तर बंगलादेशको एक जनजाति समुदायमा भने पुरुषहरुले आफ्नै छोरीसँग बिहे गर्दछन् ।
बंगलादेशको मन्डी जनजाती समुदायमा यो परम्परा प्रचलित रहेको छ । यहाँका युवतीहरु बच्चैदेखि आफ्ना बाबुसँगै बिहे गरेको सपना देख्छन् । किनकी अलिक उमेर बढेपछि उनीहरुको आफ्नै बाबुसँग बिहे गराइन्छ ।
आफुलाई जन्म दिने बुवाको मृत्यु भएर आमाले अर्कै पुरुषसँग बिहे गरेमा पनि छोरीहरुले आफ्नो सौतेलो बुवासँग बिहे गर्दछन् । प्राय आफ्नो लोग्नेको उमेरमै मृत्यु भएको खण्डमा महिलाहरुले आफ्नै परिवारको अर्को पुरुषसँग बिहे गर्ने परम्परा यो जातिमा छ ।
भारत र बंगलादेशमा मन्डी जातिका झण्डै २० लाख जनसंख्या छ । यो जनजातिका मानिसहरुलाई गारो भनेर पनि चिनिन्छ ।

फोन खरीद गरिसकेपछि गर्नुपर्ने ५ काम यी हुन्ः


mobile5

आफुलाई मन परेको वा आवश्यकता परेकेा स्मार्टफोन किन्ने बित्तिकै चलाउन हतार कसलाई नहोला र ? तर नहतारिनुस् । तपाइँले आफ्नो स्मार्टफोनलाई टिकाउ, सुरक्षित तथा सुन्दर बनाउनका लागि केही उपाय अपनाइहाल्नुपर्छ । फोन खरीद गरिसकेपछि गर्नुपर्ने ५ काम यी हुन्ः
डिस्प्लेको सुरक्षाः बजारमा विभिन्न थरीका स्मार्टफोन हुन्छन् । कतिपय प्रिमियम क्वालिटीका स्मार्टफोनको डिस्प्ले थोरै ठक्कर खाँदा वा खस्दा पनि टुट्ने खालको हुन्छ । त्यसैले आफ्नो स्मार्टफोनको डिस्प्लेलाई टुट्नबाट बचाउन तथा सुरक्षित राख्नका लागि त्यसमा राम्रो खालको टेम्पर्ड ग्लास लगाउनुहोस् । सामान्य स्क्रिन गार्डले त केवल डिस्प्लेलाई स्क्रयाच हुनबाट मात्र बचाउँदछ । तर यदि फोन हात वा गोजीबाट भुइँमा झर्यो भने त्यस्तो अवस्थामा स्क्रिनलाई टुटफुट हुनबाट जोगाउने टेम्पर्ड ग्लास नै हो ।
ब्याक कभरको प्रयोगः आफुले खरीद गरेको स्मार्टफोनको सुरक्षाका लागि कहिल्यै सम्झौता नगर्नुस् । आफ्नो स्मार्टफोनमा स्क्रयाच हुनबाट, फोहोर हुनबाट वा कुनै चिजमा ठोकिएर वा धसिएर कोतरिन नदिनका लागि राम्रो ब्याक कभरको प्रयोग गर्नुहोस् । आजकल बजारमा विभिन्न खाले ब्याक कभर पाउन सकिन्छ । आवश्यकताको आधारमा ब्याक कभर वा स्क्रिन समेत छोप्ने फि्लप वाला कभर प्रयोग गर्न सक्नुहुन्छ ।
एप लकको प्रयोगः आफ्ना निजी तथा गोप्य सन्देश, व्यक्तिगत डाटा तथा फोटोहरु अरु दोश्रो तथा असम्बन्धित मानिसले देखोस् भन्ने चाहना कसैको हुँदैन । यसका लागि तपाइँले App Lock को प्रयोग गर्न सक्नुहुन्छ । एन्ड्रोइड फोनका लागि गुगल प्ले स्टोरबाट यसलाई डाउनलोड गर्न सकिन्छ । आफ्नो मोबाइलमा भएका जुनसुकै एप तथा फोटो ग्यालरीलाई तपाइँ एप लकलाई तपाइँ हटाउन सक्नुहुन्छ ।
फोन चोरीबाट बचाउनः स्मार्टफोन चोरी हुँदा तथा हराउँदा निकै दुखको सामना गर्नुपर्छ ।  त्यसैले आफ्नो स्मार्टफोनमा एन्ड्रोइड डिभाइस म्यानेजर एक्टिभेट गर्नुहोस् । यसबाट तपाइँको हराएको वा चोरी भएको स्मार्टफोनको लोकेसन पत्ता लगाउन सकिनेछ । यसका लागि आफ्नो स्मार्टफोनमा गुगल सेटिंग्समा जानुस् । स्क्रल डाउन गर्दा Security अप्सन देखा पर्नेछ । त्यसलाई ट्याप गर्नुहोस् र Android Device Manager मा जानुहोस् । Remotely locate this device वा Allow remotelock and erase o or off नामक अप्सनमा क्लिक गर्नुहोस् । यस क्रममा Location को सेटिंग्समा गएर Access to my location लाई पनि अन गरी राख्नु आवश्यक हुन्छ । त्यसका साथै तपाइँको स्मार्टफोनमा गुगल अकाउण्ट साइन इन गरेको हुनुपर्नेछ ।
एन्टी मालवेयर सफ्टवेयरको प्रयोगःस्मार्टफोनको स्क्रिन तथा समग्र बडीको सुरक्षा मात्र होइन यसको डाटाको सुरक्षा पनि गर्नु आवश्यक हुन्छ । नयाँ फोन किन्ने बित्तिकै त्यसमा सबैभन्दा पहिले एन्टी भाइरस तथा डेटा सेक्योरिटी सफ्टवेयर इन्स्टल गर्नुहोस् । यसले मोबाइलको महतवपूर्ण डाटा तथा अन्य सफ्टवेयरलाई सुक्षित बनाउँदछ । यसका साथै स्मार्टफोनमा भाइरस आक्रमण तथा जंक फाइललाई हटाएर मोबाइलको गतिलाई समेत तिव्र बनाउँदछ

#kharpalgaun,humla #kharpunath,humla